झर्न थाले थुङ्गा पनि, डालिमाथी फुल्दा फुल्दै,
ढल्कियो नि उमेर पनि रहर सङ्ग भुल्दा भुल्दै।।
नलाउ माया सधैं भन्थे बरै. थाहै नपाई बसेछ,
हात समाई चौतारी र बन पाखामा डुल्दा डुल्दै।।
नखाउ कसम भन्थे बरै, थाहै नपाई खाइएछ,
मुटु जोड्दा तरङ्गित भई उनिसङ्ग झुल्दा झुल्दै।।
नजाउ सधैं भेट्न भन्थे बरै, नयनले नै खोज्न थाल्यो
बिर्सिएर सारा आफ्नो चोखोप्रित मा घुल्दा घुल्दै ।।
ढल्कियो नि उमेर पनि रहर सङ्ग भुल्दा भुल्दै ।।