झट्ट भेट्यौ कता कता चिने जस्तो लाग्यो
पहिले कंही कता कता हिने जस्तो लाग्यो
केही समयको चिनजानलाई बन्धनमा राख्न
हतार हतार हाम्रा कुरा छिने जस्तो लाग्यो
भित्र रित्तो भई बाहिर साख देखाउन लाई
टना टन्न दाईजो फेरी दिने जस्तो लाग्यो
बजारमा सजाएको कुनै बस्तु होइन होला
किन किन के के सोचे किने जस्तो लाग्यो
मन्को आँगनमा मायाँ, पिने जस्तो लाग्यो
झट्ट भेट्यौ कता कता चिने जस्तो लाग्यो
पहिले कंही कता कता हिने जस्तो लाग्यो