झुक्याउने कामै, मात्र बेसी भयो !
कामभन्दा नि हामै, मात्र बेसी भयो !!
हजारचोटि ढाँटी, 'पत्यार गर' अरे !
सर्वदा छलछामै, मात्र बेसी भयो !!
दिन बिराई बन्द, हड्ताल कतिकति ?
छिनछिनमा चक्काजामै, मात्र बेसी भयो !!
खानु-चुठ्नुसमेत, जनताका खातिर !
जनताको नामै, मात्र बेसी भयो !!
सिङ्गो घरै आज या, भोलि ढल्ला भा'छ !
र पनि नाक लामै, मात्र बेसी भयो !!