झुटो बोल्या छैन समाइ कान भन्छु ।
सबै कुरा भुली समिप तान भन्छु ।।
जानी बुझी त्यसै दवाव दिनु हुन्न ।
हाँसी खुशी मेरो आग्रह मान भन्छु ।।
मौन ब्रत राखी पिरमा पार्छौ किन?
बरु चार पाँच थप्पड हान भन्छु ।।
भोकै सुत्नु हुन्न रातमा रोग लाग्छ ।
फाली रिस उता भोजन खान भन्छु ।।
गल्ती गरी सिक्छ मानव जान भन्छु ।।