जिन्दगी दुखमा शोकमा बाँच्यो ।
अनि अभाब र भोकमा बाँच्यो ।।
दिन् दिनै भेटिने एउटै छ बाटो ।
सडक त्यै गल्ली चोकमा बाँच्यो ।।
बाटोको भट्टी दोस्रो घर भाछ ।
पिएर दिउँसै त्यै झोकमा बाँच्यो ।।
आफ्नै तौलमा बाँच्दै बाँचेनछ।
कैले खुद्रा कैले थोकमा बाँच्यो ।।
धेरै त माथीकै तोकमा बाँच्यो ।।