जीन्दगीलाइ डुबाउने कुलत छोड्छु अब
भविष्यलाई बनाउने संगत जोड्छु अब
बरालिएर हिडेकोथें बाटो नचिनेर
उदेश्यलाई चिनिसकें यात्रा मोड्छु अब
पराईलाई आफ्नो ठानें विश्वास घात गरे
पराईसंग आजैदेखि नाता तोड्छु अब
उजाडिएको मेरो जीवन,हरियाली बन्यौ
आत्मियताको न्यानो साथ ओढ्छु अब
'सुनगाभा'झै फूल फुल्ने बाग गोड्छु अब