जिन्दगीमा धेरैधेरै घात-प्रति-घात खाइयो ।
त्यसैसित वेदनाका खातमाथि खात खाइयो ।।
मान्छेलाई के दोष दिनू?दैवै निष्ठुर हुदो रै'छ ।
भाग्य लेख्ने त्यो पापीको,अग्घोर खुनी हात खाइयो ।।
हृदयमा सजिएका इन्द्रेनीझैँ सपनाहरू ।
टुटेपछि ती सपना मुटु घोच्ने रात खाइयो ।।
घामको मुखै नदेखी जिन्दगानी ढल्ने भो ।
जुनीभरि कालो बादल,असिना र वर्षात् खाइयो ।।
आँसुसित मुछेर अलिकति भात खाइयो ।।