जीवनको शुभोदय खोज्ने अभिलाषा को संग छ ?
तयारी पूर्वक रचेको मृत्युको तमाशा को संग छ ?
आफैसंग संघर्ष गरी आँधीबेहरी रोकीरहे मुठ्ठीमै ;
हुत्याएर पर राख्ने भुमरीयुक्त निराशा को संग छ ?
आज प्रत्येक सजीवको मौलिक कृति लेख्न चाहन्छु ;
यो पातालमा सबैले बुझ्ने मनको भाषा को संग छ ?
म फेरी युद्द दोहोर्याउन चाहदिन यो विश्व समाजमा ;
बाँचेका मध्ये अहिम्सात्मकताको आशा को संग छ ?
सबै मान्छेहरुलाई एकाकार गर्ने बहुपाशा को संग छ ?