जीवन म तिमीदेखि टाढा बसाइ सरी जान्छु ।
यो मन म तिमीलाई दिई पारी तरी जान्छु ।
हेर ! आज जोरी पारी हेर्दै हास्छ्न ती वैरिहरू ।
हाम्रो माया पिरतीलाई तिमीभित्रै सारी जान्छु ।।
जीवन को तिम्रो बांजी सबैसबै फिर्ता गरी ।
तिमीदेखि बांचाहरू आफै म हारी जान्छु ।।
धेरै दुःख कष्ट दियौ सधै साथ दिन्छु भनी ।
कसम यो अधुरो भो अब माया मारी जान्छु ।।
तिमीसंग दियोबाली सत्यबांचा गरी जान्छु ।।