जून भन्दा जुन राम्रो थ्यो भन्थे,
त्यो भन्दा जोडी राम्रो हाम्रो थ्यो भन्थे ।
बतास र मंजरी के गर्थे छुईमुई र !
त्यो भन्दा बढि, अंजु !, हाम्रो थ्यो भन्थे ।
देवेश सरले कहदा रोमियो जुलियटको कथा,
त्यो भन्दा रोचक हाम्रो थ्यो भन्थे ।
बतासे डाँडामा बतासले गीत गाउदा,
त्यो भाका मोहनी हाम्रो थ्यो भन्थे ।
त्यो लजाउने आँखा हाम्रो थ्यो भन्थे ।
बिछोड पछि एक चोटि आ थे त्याहा, सोध्दा
त्यो क्याम्पस गेटमा लावारिश मुटु हाम्रो थ्यो भन्थे ।
तिमी कता, म कथा भा छू तरपानि अंजु !
त्यो सबै भन्दा चोखो-मिठो माया हाम्रो थ्यो भन्थे ।