जुन फुल्ने रात थिए, तिमी मेरो समिपै थियौ ।
खुन घुल्ने मात थिए, तिमी मेरो समिपै थियौ ।।
तिमी आयौ मुस्कुराउँदै खुसीले मन फुले झैँ ।
गुन झुल्ने बात थिए, तिमी मेरो समिपै थियौ ।।
तिमी छायौ लज्जाउँदै स्पर्शले तन खुले झैँ ।
सुन खुल्ने घात थिए, तिमी मेरो समिपै थियौ ।।
तिमी धायौ सल्बलाउँदै उत्कर्षले जीवन भुले झैँ ।
धुन डुल्ने जात थिए, तिमी मेरो समिपै थियौ ।।
तिमी अघायौ चल्मलाउँदै आनन्दले योबन चुले झैँ ।
नुन भुल्ने हात थिए, तिमी मेरो समिपै थियौ ।।