हाकिम लाई घूस दिन, रुपियाँ लाइएन ।
जुत्ता चप्पल कति फाट्यो, जागिर पाइएन ।
सरकार त्यो बेश्या जस्तो, आफ्नो छैन कोहि,
प्रमाण पत्र अल पत्र भो, थोरै त धाइएन ।
जग्गाको ठुन्को बेची -बेची, मलाई पढाको,
बाउको हत्ते देख्दा यति, यो मन खाइएन ।
उमेर पनि ढल्किंदै गो, अब के को आशा,
उराँठ लाग्दो जिन्दगीमा, रहर छाइएन ।
गरिब हामी निमुखाको, भावना गाइएन ।
पढेर पनि खेति गरे, बन्दिन म सानो,
कूटो कोदालो गर्छु बरु, कृपा चाइएन ।