के किन लेखौ,लेख्दा-लेख्दै थाके
को कति पोखु पोख्दा-पोख्दै थाके
पढ्न पनि अलिकति त पढेकै हो
अरु धेरै के पढु घोक्दा-घोक्दै थाके
उनि कतै रिसाउलिन भनेर हेर्नुस
लभ यिउ भन्न रोक्दा-रोक्दै थाके
उनकै पीडाले सारै दुख्छ यो छाती
कति गरे-गरे,खोक्दा-खोक्दै थाके
भेट्दा सधै ओठ टोक्दा-तोक्दै थाके
के किन लेखौ,लेख्दा-लेख्दै थाके
को कति पोखु पोख्दा-पोख्दै थाके