कांडा बिच गुलाब त्यों, मुस्कुराउछ किन ?
तारा बिच एक्लै चाँद , जग्मगाउछ किन ?
कोशिस गरे पाइला सार्न, जीवन उनी बिना,
हिम्मतिलो खुट्टा मेरो, डग्मागाउछ किन ?
जलाई दिए तस्वीर उनको, प्रेम पत्र संगै,
उस्कै माया यो मुटुमा, सल्बलाउछ किन ?
प्यारो लाग्छ अँधेरी नै, मलाई आजभोली,
जून बनी मुहार त्यों, चम्चमाउछ किन ?
मस्त सुत्दै होली ऊ, कसैको अंगालोमा,
उस्कै याद नींद मेरो, खल्बलाउछ किन ?
तारा बिच एक्ली चन्दा, जग्मगाउछ किन ?