आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
अचम्मको प्यास लाग्यो प्यास मेट्ने चाह बढ्यो
चाहनाको मेरो काँटी सल्किएर आएँ
अङ्गालोमा झ्याप्प कसी तिम्रो अधार पानगर्ने
मनै देखी एउटा ईच्छा छल्किएर आएँ
आज फेरी एउटा चाह बल्किएर आएँ।
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ