आज फेरि कविता लेख्ने, सुर चलेको छ
अस्थिर यो दिमागमा खै, के के हो फलेको छ ।
ठूला-बडाको गति-बिधि, छैन शुभ खालको
त्यहि भएर सर्व साधारणले, हात मलेको छ ।
भातृत्व र प्रेम याहाँ, स्खलित भएको छ
प्रेम टुटेका मन याहाँ, भित्र भित्रै जलेको छ ।
मातृभूमि जन्मभूमि, चिरा हुन लागेको छ
चिरा हुने पिरले याहाँ, सवको शरिर गलेको छ ।
मातृभूमि जन्मभूमि, सवकोइलाई प्यारो छ
प्यारो भूमि पिडित हुदाँ, ह्रिदय हाम्रो बलेको छ ।
त्यहि भएर पिडितहरुको, मनमा कुण्ठा फलेको छ ।
आज फेरि कविता लेख्ने, सुर चलेको छ
अस्थिर यो दिमागमा खै, के के हो फलेको छ ।