कविता र गज़ल हरु चोर्न पाउनु पर्छ
कपी-पेस्ट दायाबाया गर्न पाउनु पर्छ
लेखेरै त ठुलोमान्छे को पो बन्या छ र
एउटा लेख अर्कैनाममा हेर्न पाउनु पर्छ
मान्छेहरु गजब हजुर चोर्ने लेखक बन्ने
तलपट्टि लेख्नेको नाम फेर्न पाउनु पर्छ
कति होलान चोर्नेहरु नांगे झार गर्ने गरौ
सरको लेख अरु नाममा फोर्न पाउनु पर्छ
चोर्नेहरुको इसटाटस्मइ कोर्न पाउनु पर्छु