कहाँ दुख्छ अदृश्य घाउ तिम्रो साथ छुटे पछी !
कहाँ लुक्छ पिडा एक्लो पनले रात चुटे पछी !!
दिप सरी जल्छ्न बेदना समिप छैन यहाँ खै !
कहाँ फुक्छ आस्था खडेरीको मात जुटे पछी !!
हावा सरी चल्छन निरासा मेरो भन्ने यहाँ खै !
कहाँ सुक्छ आशा वियोगमा घात फुटे पछी !!
काँडा सरी फल्छन बिपना सुनी दिने यहाँ खै !
कहाँ झुक्छ चाहना सम्झनामा जात लुटे पछी !!
तृष्णा सरी गल्छन सपना मेटी दिने यहाँ खै !
कहाँ चुक्छ भावना अनायासै हात टुटे पछी !!