कहाँ गए गुन्युचोली भोटाहरु खोज्दैछु म
डन्डीबियो कपर्दी र गोटाहरु खोज्दैछु म
फ्रीज अरे कुल्लर अरे केके कुन्नि यस्तै अझैँ
गाउँघरमा पानी पिउने लोटाहरु खोज्दैछु म
शहरमा अग्लाअग्ला आकाशछुने भवन नभई
घुम्नेघर गाउँघरका कोठाहरु खोज्दैछु म
आधुनिकता आएपछि कोठैपिच्छे कम्प्यूटर
दैलोमाथि झुण्डाइएका फोटाहरु खोज्दैछु म
आफ्नै बनका धुपी सल्ला खोटाहरु खोज्दैछु म