कहिले होला शान्ती नेपाल पूर्णरुपले जन्माउने।
सोर सिङ्गार सजाउदै यहाँ दुलहि झै अन्माउने।।
उठौ अब कम्मर कसी नबसौन थकित भई ।
बेलाआयो गाउ,बस्ती,शहर चारैतिर सजाउने।।
गरौ हजुर हातेमालो सबै मिली एकजुट भई।
बर्षौ पछी पालो आयो सुन्दर नेपाल बनाउने।।
अहकार र बैरिभाव यहाँ नगरौन एक अर्कामा।
कोही पराई हुन खोजे नजिक गई सम्झाउने ।।
जातजाती,भेषभुषा नै हो हाम्रो पहिचान गराउने।।