कहिलेकाही तिमी मलाई फुल हौ झै लाग्छ
बिझाइदिने कहिले फेरी शुल हौ झै लाग्छ
बिर्सिएर आँफु भित्र नै हराएको देख्छु जब
एकान्तमा पनि तिमी हुल हौ झै लाग्छ
मनमुटु थामेर नि जीवन पार लाउनै पर्दा
डराइ डराइ नि तर्नपर्ने पुल हौ झै लाग्छ
कहिले हास्दै कहिले रुदै छक्क पार्छौ मलाई
झुठो साचो चिन्न नसक्ने भुल हौ झै लाग्छ
बिझाइदिने कहिले फेरी शुल हौ झै लाग्छ