कालो बादल फार्ला एक दिन,
पख,रमाईलो दिन आउला,
पर्केला नि पर्देशी एक दिन त सानु,
पख मिलनको दिन आउला ।
साहुको तमसुक च्याथुला नि सानु,
चैनको मिठो निँद आउला ।
फेर्लान नि भियत्ताले रंग रातो,
पख रमाईलो दिन आउला ।
बनउला नि गौथलीले गुड सानु,
झरीमा जिउले ओत पाउला ।
पख सुकिलो दिन आउला ।
देख्ला नि बाबुले स्कूलको दईलो,
अध्यारो फारी दिन आउला ।
गाउलान नि छत्तिस वर्णले गीत प्रगतिको,
आगनमै सुन फुलाउनी दिन आउला ।
नसक्नु आमा आँशु सबै पिरमा रोई-रोई,
हर्षले रुने दिन आउला ।
हिमालको काखमा फैलिएको नेपालीले,
आकाश छुने दिन आउला ।