कान्तिपुरी नगरीमा, नेता लड्ने ठाउँ हुँदा ।
संबिधान सभा भन्नु, कमाउने दाउ हुँदा ।
कयौ पल्ट भाका सर्यो, अँध्यारोमा देश भयो,
बिग्रिएका मति हरु, सभासद नाउँ हुँदा ।
आफ्नै भूँडी भोर्ने हरु, के को दया अरु प्रति,
नुनका बोरा क्यारी पुग्नु, दुर्गम मा गाउँ हुँदा ।
बिकासको बिजोगै भो, बाटो घाटो शिक्षा छैन,
सत्ता मोहि नकचरो, बेमौसमी भाउ हुँदा ।
अस्पताल नदेखेरै, दू:खी मरे घाउ हुँदा ।