करोड ल्याउने आसा गर्दै लाख छोडेर गाका थियौ
के मिल्यो बाउआमाको काख छोडेर गाका थियौ
श्रीमती र छोराछोरी रुदै बाटो छेक्दापनि
संसार जित्ने कुरा गर्दै धाक छोडेर गाका थियौ
न मिल्यो धन कतै न रह्यो सुखी जीवन
गाउ समाज दुनियाको चाख छोडेर गाका थियौ
स्वार्थि संसार जाली बिचार जान्दाजान्दै पनि फेरी
आफै ठुलो आफै जान्ने हाक छोडेर गाका थियौ