कस्ता होलान मान्छेहरु बोल्छन लाजै बिना ।
अचम्मै भो गोप्यकुरा खोल्छन लाजै बिना ।।
आँफै धामी आँफै झाक्री बन्छन सबै यहाँ ।
जानी जानी आँफ्नै घर पोल्छन लाजै बिना ।।
कस्तो कस्तो युग आयो बुझ्नै गार्हो भयो ।
मान्छेले नै मान्छे यहाँ मोल्छन लाजै बिना ।।
जमना नै होड्बाजिको रै"छ जस्तो लाग्यो ।
आँफैले नै आफु जान्ने सोच्छन लाजै बिना ।।
माया दिन्छु भनी बिष घोल्छन लाजै बिना ।।
कस्ता होलान मान्छेहरु बोल्छन लाजै बिना ।
अचम्मै भो गोप्यकुरा खोल्छन लाजै बिना ।।