कस्तो स्वार्थ पुरा गर्न, सलाई दियो देशद्रोहिले
हेर्दा हेर्दै राष्ट्रियता, जलाई दियो देशद्रोहिले
नेपाल र नेपाली हौ, भन्दा गौरब गर्नेहरुलाई
बिखण्डनको त्यस्तो जादु, चलाई दियो देशद्रोहिले
भातृत्वको के अर्थ भो, लड्दा आफै समाजभित्र
साम्प्रहायिक हिंसा फैलाई, गलाई दियो देशद्रोहिले
कमजोर बन्यो दह्रो मुटु, आफ्नै घरको यो भिडन्तले
कटुताको बिउ रोप्दै घृणा, फलाई दियो देशद्रोहिले
बिश्वासको ईट्टा जोडी, बनाएको बलियो घर
भित्र भित्रै सुरुङ्ग खनि, ढलाई दियो देशद्रोहिले