कताबाट आज उन्को फोटो भेटियो ।
धोको फेरि हेर्ने आज धोको मेटियो ।।
फूँलसरि मुहार उन्को अझ फूँलै बरिपरि ।
मौरी मुहार लाई फूँल भनि झुक्किएको आजै देखियो ।।
केहि चोट बिर्से थे म,केहि चोट ठिक भा थे ।
ति नजरले आज फेरि अर्याल रेटियो ।।
ति नजरले जब यि नजरका मोहनीका भाषा बुझे ।
यो जुनि त भै गो साथमा कैयो जुनि साटियो ।।
ठिक्क परि बस जेठी यस्तै माया बस्यो भने ।
फेसबुक मै रन्क्याई देउला "लौ हमीले त नेटो काटियो" ।।
भनिदिनु हेण्डसम माई म्यान अर्याल भेटियो ।।
रोलिन तिम्री पिन्चे आमा भन्दै भर्खर बीसाकी मात्र भईछस् जेठी ।
भनिदिनु बाटो तताई "अर्याल अलि छिटो भेटियो" ।।