कतै झुक्न नखोज्ने यो शीर जिन्दगी भो ।
कर्तव्यले थिचे पछि पीर जिन्दगी भो ।।
चारै तिर अभावले हात फैलाएछी ।
आफै पट्टि फर्किएको तीर जिन्दगी भो ।।
एक पछि अर्को भार थपिएर आए ।
बाध्यताले घेरे पछि भीर जिन्दगी भो ।।
कति दिन भागि बस्नु आफ्नै छाँया सँग ।
आवश्यक्ता उन्नै पर्ने झीर जिन्दगी भो ।।
पुर्खाको त्यो कथा सम्झी बीर जिन्दगी भो ।।