कठ्याँग्रिदा चोटले मुटु तिमी आउने रात प्यारो,
जर्जर मेरो केश तिम्ले सुम्सुम्याउने हात प्यारो,
टिठ लाग्दो सुनसानमा सम्झनामा कहालिंदा,
झस्काउन गुनगुनाउने तिम्ले तिम्रो बात प्यारो,
एकोहोरो भई जीवन हराउँछ कहिले कता,
त्यति बेला डोहोर्याउन आउने तिम्रो साथ प्यारो,
होशमा पनि हराउँछु बेहोशीमा भन्दा ज्यादा,
कहिले बेहोश पार्ने तिम्रो पिरतीको मात प्यारो,
जर्जर मेरो केश तिम्ले सुम्सुम्याउने हात प्यारो !!