कती बस्छौ महलमा झुप्रोमा नि घुमी हेर ।
सुख मात्र होइन दु:ख लाइ नी चुमी हेर ।।
बोल्नेको पिठोबिक्छ कतिसुन्छौ उस्कोमात्र।
ईशारामा पोख्ने को ब्यथालाई नि सुनी हेर।।
सपाङ्ग हुँदा कती चढछौ शिखर चुम्न ।
अपाङ्ग भई जीवन लाई नि तुनी हेर ।।
साझ बिहान हात मुख नजोड्ने धेरै छन ।
निर्धन को आशु लाई परेलिमा उनी हेर ।।
कती चित्कार छ त्यो आफुमा नि बुनी हेर ।।