कति हान्नु तिर याहाँ, कति रोप्नु झिरले
दुख्नु पर्नेलाई छुदै छुन्न, मरिने भो पिरले॥
श्रृष्टिको यो संरचना, सौन्दर्यको नमुना
चिथोरेर कुरुप पारे, गलिने भो पिरले॥
कान यीनका बहिरा भए, दिमाग खुराफाति
परिणामको ठेगान छैन, जलिने भो पिरले॥
लक्ष एउटै बाटा अनेक, मिलन बिन्दु छैन
मिल्यौ भन्छन् टाढिन्छन्, ढलिने भो पिरले॥
मालिको दुर्बुद्धि वा, अहङ्कारको मारले
फूलबारि उजाडिदो छ,पिलिने भो पिरले॥
कान यीनका खुल्ने होइनन्, ढलिने भो पिरले॥
कति हान्नु तिर याहाँ, कति रोप्नु झिरले
दुख्नु पर्नेलाई छुदै छुन्न, मरिने भो पिरले॥