कति जल्छ्न चाहना जलिरहन देउ प्रिय !
कति फल्छन सपना फलिरहन देउ प्रिय !!
आशा बिश्वास मायाको सँधै फुलीरहोस !
कति ढल्छन तिर्शना ढलिरहन देउ प्रिय !!
हाम्रो पबित्र साथको महत्व सँधै झुलिरहोस !
कति गल्छन कल्पना गलिरहन देउ प्रिय !!
बैरी दुनियाँ बुझ्दैन प्रेम यो सँधै डुलीरहोस !
कति चल्छन भावना चलिरहन देउ प्रिय !!
चोखो मायाका स्पर्श हाम्रो सँधै घुलिरहोस !
कति बल्छन बिपना बलिरहन देउ प्रिय !!