कति रुन्छेउ धिकारेर, निर्दयिले कुट्यो भनि
सौभाग्यको रातो पोते, त्यहि बेला चुट्यो भनि
बरु ढुङ्गा कुटेर नै, खुशि साथ खान्थ्ये होला
खै कसरी पापि सगँ, मेरो लागन जुट्यो भनि
अरुहरुको हाँसो खुशि, देख्दा पनि रहर लाग्छ
कर्म लेख्दा त्यो भाबिले, मेरै खुशि लुट्यो भनि
लुकाउदै ति गल्तिहरु, सधै उस्कै पक्ष लिदा
आफ्ना भन्ने सबै सगँ, भ'को नाता टुट्यो भनि
मन बुझाउ खै कसरी, साथ दिने कोहि भएन
स्वार्थिको त्यो सिन्दुरले, भाग्य मेरो फुट्यो भनि