के कारण सब वार्ता, रोकियो नेता ज्यू
निर्धा भिडाई मार्ने दाउ, हो कि यो नेता ज्यू
यहाँ जस्ले जस माथि, जे गरेनि छुट छ
हिजोको त्यो हत्यारा नि, चोखियो नेता ज्यू
जटिलता थप्दै जनता, उराल्छौ सडकमा
उपलब्धि बिना रगत, पोखियो नेता ज्यू
बिश्वासले तिमीलाई, सभासद बनायौ
कौडिकै भाउमा भोटलाई, जोखियौ नेता ज्यू
काक्रो बनाई देशलाई, पार्दै छौ रे चिरा
भन कुन राज्य कसलाई, तोकियो नेता ज्यू