के पाए मैले गुमाए के, आज जाँचेर हेर्छु म !
मरेर कती जिँए - जिँए, आज बाँचेर हेर्छु म !
भुल्न उन्लाई मुश्किल छ, असंभव त छैन नि ?
टुटेका स्वप्न जोडी फेरी, आज साँचेर हेर्छु म !
(मरेर कती जिँए - जिँए, आज बाँचेर हेर्छु म !)
मेटी दिन्छु ति हर् निशानी, झुठा सौगात मायाका,
रोपेथे मुना जो प्रितिका, आज भाँचेर हेर्छु म !
(मरेर कती जिँए - जिँए, आज बाँचेर हेर्छु म !)
ताण्डव आफ्नै यो पिडामा, आज नाँचेर हेर्छु म !
(के पाए मैले गुमाए के, आज जाँचेर हेर्छु म !
मरेर कती जिँए - जिँए, आज बाँचेर हेर्छु म !)