के रह्यो र अब यो सास त बाँकी छ ।
जिउँदै छु भन्ने आभास त बाँकी छ ।।
म मान्छेको सामु बदनाम छु अचेल ।
दुनियाँको घृणा उपहास त बाँकी छ ।।
बयान दियौ सबै भुल मेरो नै थ्यो ।
लोकलाई भन्ने बकबास त बाँकी छ ।।
धेरै दुख्छु होला तिम्रो यो शहरमा ।
मैले छाडेर जाने निर्वास त बाँकी छ ।।