घर छोडि परदेशमा आए केही गर्छु भनी ।
अरुलाई पिढादिनु भन्दा आँफै पर्छु भनी ।।
धेरै पैसा जम्मागरी गाउँछोडी टाढा टाढा ।
आमा बाबा सबैसाथ अन्तैबास सर्छु भनी ।।
मेरो खुशी केही हैन परिवारको सुख ठुलो ।
सुखदिन परिवारको लागि मनै मर्छु भनी ।।
साझ बिहान खानलाई सोच्नुपर्ने हुँदाखेरी ।
सानैदेखी दु:खगर्न थाले माना भर्छु भनी ।।
पसिनाको धारा धेरै झारे खुशी छर्छु भनी ।।
घर छोडि परदेशमा आए केही गर्छु भनी ।
अरुलाई पिढादिनु भन्दा आँफै पर्छु भनी ।।
~हाल- यु ए ई