केही राज खोले केही राज लुकाए !
भोली भोली भन्दै मैले आज लुकाए !
कसैले नि नदेखोस् यी आँशु भनेर,
आँखा छोपी परेलीको माझ लुकाए !
रुवाईको नसुनोस् यो बोली कसैले,
छोपी दुई हातले आवाज लुकाए !
गुमाउने छैन केही न छ पाउनु,
डर, त्रास, भय सबै लाज लुकाए !
केही दिन सँग केही साँझ लुकाए !
((केही राज खोले केही राज लुकाए !
भोली भोली भन्दै मैले आज लुकाए !))