केहि त भन मीत मेरी रात ढल्दैछ है ।
प्रेम त झन् गीत मेरी बात चल्दैछ है ।।
खोल न खोल केहि बोल स्वर कोइली झैँ ।
रस त मन शीत मेरी मात फल्दैछ है ।।
आउ न आउ बस मेरो न्यानो काखैमा नि ।
ताप त तन हीत मेरी जात गल्दैछ है ।।
देउ न देउ तिम्रो माया मेरो जिबन हो ।
छोप त बन जीत मेरी पात जल्दैछ है ।।
खाउ न खाउ बाचा सँधै पुरा गर्नेछु यो ।
पाप त धन रीत मेरी घात ढल्दैछ है ।।