खानु हार खाई सकेछु, फेरी हराएर नजाउ तिमी
तिरस्कृत सबैबाट, मन पराएर नजाउ तिमी
ज्वारभाटा सरि भए, कलकलाउदा मेरा ईच्छा
धेरै चोटि मरी सके, शुलि चढाएर नजाउ तिमी
चाहना ति जुन थिए, मेरा अहिले भयो मुर्दा सरी
त्यो स्पर्शले बिउताउदै, प्यास बढाएर नजाउ तिमी
काम बिना प्रशंसाले, आज खसाई दियो टुप्पै बाट
घाईते भा छु बिन्ति अझै, तल झराएर नजाउ तिमी
अस्ताउनु छ त्यो हृदयमा,नदी तराएर नजाउ तिमी