खै किन हो कुनी नबेर्ने वाचा गरेकी छौ रे
अचेल मलाई नटेर्ने वाचा गरेकी छौ रे
धेरै कुरा भन्नु थियो तिमीलाई मन भरि
तर खै मलाई नहेर्ने वाचा गरेकी छौ रे
त्यति साह्रै ठुलो गल्ति गरे जस्तो लाग्दैननी
तै आफ्नो अडान नफेर्ने वाचा गरेकी छौ रे
म त भने तिम्रै तस्विर सजाउदै थिए तर
दिलमा तस्विर नकेर्ने वाचा गरेकी छौ रे