खरको छानो मागेको हूँ, किन बासै भुट्छौ हजुर ?
भाले मयुर मागेसरि किन् लास्टै कुट्छौ हजुर ??
बर्तमान सँग बिरक्तिएर आकाश निल्न मुख आ गर्या हो नि !,
पब्लिक ट्वायलेट मा सरि किन लास्टै मुत्छौ हजुर ??
दश नङ्ग्रा खियाएको ज्याला मात्र मागेको हो,
छुट्टै प्रदेश मागेसरि किन लास्टै चुट्छौ हजुर ??
देश लुटी थन्क्याएका ति गुप्त धुकुटी पो लुट्ने हो नि,
मै जाबो भिखारी को घर किन लास्टै लुट्छौ हजुर ??
मेरै दुःध चोरि खाई ढाडे भई हिड..सहे, माने,
तर गनउने वायुबम भै मेरै नाक छेउ किन लास्टै फुट्छौ हजुर ??