खरानी भो भनी छोड्यौ लासै जल्याथेन,
हुर्र बल्यौ भनी छोड्यौ बॉसै जल्याथेन ।
तिम्रो मेरो बिस्वासको खाका जलाउदा,
जल्नु पर्ने सबै हो त्यों आशै जल्याथेन ।
पोल्दा पोल्दै छोड़ीदियौ अर्ध कल्चे पारी,
जलाएर छोड्यौ तर खासै जल्याथेन ।
सपुर् बत्ती चढ़ाएका चित्ता माथी तिनै,
दसिसुद्ध थुप्रिएको रासै जल्याथेन ।
हुर्र बल्यौ भनी छोड्यौ बॉसै जल्याथेन ।