खोला सँग-सँग बगर हो जीन्दगी,
अमृत मिसिएको जहर हो जीन्दगी ।
एक लाई बाँध्यता अनि बोझ,
अर्कोलाई खेल अनि रहर हो जीन्दगी ।
कसैलाई चीसो बाँस र ओछ्यान,
कसैलाई बाझो खेतको नहर हो जीन्दगी,
कसैलाई सितल मस्त-मस्त पवन,
कसैलाई पवनको कहर हो जीन्दगी ।
कसैलाई सदा दोपहर हो जीन्दगी ।
कसैलाई जीउदाहरुको जमघट,
कसैलाई जीउदै मरेकाको शहर हो जीन्दगी ।