खोलीलाई थाहा छैन कहाँ सम्म छुने होला ।
आज सँगै हिडेका छौँ भोली के के हुने होला ।।
तिमी पूर्व हुँदा खेरी म पश्चिम लाग्न सक्छु ।
बिदाईमा दुख्दै मन आँखाहरु रुने होला ।।
कति छुप्छ नबोलेर हृदयका पिँढाहरु ।
बिरहका धुनहरु खै क-कसले सुने होला ।।
खुशी फुल्ने आँगन मात्रै कहाँ निर भेटिन्छ र ।
काडाँ बिझ्ने बाटो पनि बाध्यतामा चुने होला ।।