खुकुरी होस या हसिया धार उस्तै उस्तै ।
आईत होस या मंगल बार उस्तै उस्तै ।
देशको भन्दा आफ्नो हितलाई ध्यान दिने ,
यो पार्टी होस या त्यो सरकार उस्तै उस्तै ।
थाहा भएन किन हो कुन्नी यो मुलुकमा ,
भिखारी होस या साहित्यकार उस्तै उस्तै ।
शारिरीक बनावट फरक हुदो रहेछ ,
गोरीको होस या कालीको प्यार उस्तै उस्तै ।
दिन उदासीमा बित्छ रात छटपटीमा,
तिम्रो होस या मेरो समाचार उस्तै उस्तै ।