खुलेर बाँच्न सिक मेरी प्रिय तिमी सँधै !
झुलेर नाँच्न सिक मेरी प्रिय तिमी सँधै !!
जिबन कहाँ हुन्छ फेरी मात्र एक चोटी ?
डुलेर साँच्न सिक मेरी प्रिय तिमी सँधै !!
रहर कहाँ हुन्छ पुरा चुप चाप बसे ?
फुलेर जाँच्न सिक मेरी प्रिय तिमी सँधै !!
चाहना कहाँ हुन्छ सत्य टाढा टाढा बसे ?
घुलेर भाँच्न सिक मेरी प्रिय तिमी सँधै !!
सपना कहाँ हुन्छ प्यारो तर्की तर्की बसे ?
चुलेर ढाँच्न सिक मेरी मायालु तिमी सँधै !!