खुसीहरू सपना भए
र आँसु यी गहना भए
रहेन क्यै लुटियो सबै
विचार झन् अदना भए
निसासियो मन यो सधैँ
विनासका घटना भए
ऊजाडिए छ वसन्त नै
सुवासहीन् हसना भए
मुहार भो चुपचाप लौ
निराशता ढकना भए
उदाश छन् सब भावना
दुखेर ती रचना भए
सूत्र - lSl Sll SlS
विश्राम - ४ अक्षरमा
छन्द –तालूङ (हिमाल)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क