ख्याल राख यि भेनाको, मौका हेरी साली ताक्छन्
तिमी सगँ ठिक्क पर्दै, बाहीर त काली भाक्छन्
देउतै ठानि सधै तिमि, जल खान्छेउ तेही खुट्टाको
सगै बसि खाना खाको, भन्न सक्छेउ कति छाकछन्
कस्तो सोझो घरमा त, सिंह जस्तो बाहिर गासि
गेट बाट निस्के देखी यि भेनाका कस्ता धाकछन्
किन लिन्छेउ पिर तिम्ले, भोकै भोकै जान्छन भनि
भोकै कहाँ बस्छन् उता, कति मिठा खाना पाक्छन्
मैले देख्दा नाच्दै थिए, हेर अहिले झुट्टै थाक्छन्