किन आउँछ तिहार यहाँ खाली मेरो जीवनमा
दिल जलाई आँसुको दीयो बाली मेरो जीवनमा ।।
वर्ष वर्षमा मलाई एक चोटी सधै रुवाउछ
सप्तरङ्गी टिका र माला फाली मेरो जीवनमा ।।
दुखि रहेको हृदय लाई भुली खुशी हुँन खोज्दा
घुमी आएछ बजाई फेरी ताली मेरो जीवनमा ।।
खुशी सँग नै जिउछु भनि दीपावली नसम्झिदा
पीडा बनेर छाएछ यस'पाली मेरो जीवनमा ।।